सहकारी ठगी र सम्पति शुद्धीकरण कसुरमा मर्स्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य मधुमाया बगाले सोमबार पक्राउ परेकी छन् । जनकल्याण बचत तथा ऋण सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा मुख्य भूमिका बगालेको देखिएको अनुसन्धान प्रतिवेदनले निष्कर्ष निकालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नेकपा एमालेबाट वडा सदस्य जितेकी बगाले वडा नम्बर ९ को पार्टी अध्यक्षसमेत रहेकी छन्।