काठमाडौं । विद्युतीय गाडी दिपलले ‘सोनु निगम लाइभ इन नेपाल’को मुख्य प्रायोजन गर्ने भएको छ । दिपलले आउँदो पुस १० गते हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो ।
एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राजगोस्वामीले प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । नेपाली टच इभेन्ट्सले हायात् ग्राउन्डमा यो कन्सर्ट आयोजना गर्न लागेको हो । बलिउडको सबैभन्दा बढी सुनिएका चर्चित गायक सोनु निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीतसंगीतबाट भरपुर मजा दिने अपेक्षा दिपलले गरेको छ । यो कन्सर्टको टिकट इ–सेवामा उपलब्ध हुनेछ । नेपालमा सार्वजनिक भएको केही समयमै आफ्नो फ्युचरिस्टिक डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय फिचरका कारण ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको दिपल हालसम्म छ सय ५० भन्दा बढी बिक्री भइसकेको जनाइएको छ ।