काठमाडौं । हाइलाइफ फुड्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लागि लुम्बिनी लायन्ससँग सहकार्य गरेको छ । ‘क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली’भन्ने मूल नारासहित यो कम्पनीले लुम्बिनी लायन्सलाई समर्थन जनाउँदै सहकार्य गरेको हो ।
हाइलाइफले चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्सलगायतका खाद्यहरू उत्पादन तथा आयात गरी बजारीकरण समेत गर्दै आएको छ । अन्य दुई कम्पनीहरूका उत्पादनहरूलाई समेत हाइलाइफको माध्यमबाट बजारीकरण गर्ने गरेको छ । साथै, कम्पनीले छिट्टै अचार तथा खाने तेल समेत उत्पादन गर्ने जनाएको छ । गुणस्तरीय खाने तेलका लागि उद्योग सञ्चालनमा ल्याउने तयारी रहेको छ । कम्पनीले हाल विभिन्न १५ वटा विधाका ८३ बढी खाद्य वस्तु उत्पादन गर्दै आएको जनाएको छ ।