काठमाडौं । नेपालमा डोंगफेंग ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले वीरगञ्जमा आफ्नो प्रिमियम र स्मार्ट ईभी, नामी सार्वजनिक गरेको छ । कम्पनीले वीरगञ्जमा मंगलबार विशेष कार्यक्रमको आयोजना गरी नामीको अनावरण गरेको हो ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया, नारायणी अटो कर्पका अध्यक्ष रवी बजाज र डोङफेङ वीरगञ्ज नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजत बजाजलगायतले संयुक्तरूपमा नामीको अनावरण गरेका थिए । आफ्नो सेग्मेन्टको सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी ईभीले मधेश प्रदेशको बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न लागेको जनाएको छ । ह्याचब्याकको रूपमा वर्गीकृत भए पनि यो गाडी प्रतिस्पर्धीहरूको तुलनामा ठूलो आकारको छ । यसको आयाम र चौडाइ यसका प्रतिद्वन्द्वीहरूको भन्दा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।
नामी ईभीले आफ्नो सेग्मेन्टलाई विलासी इन्टेरियर र उन्नत स्मार्ट टेक्नोलोजीयसको स्लिक डिजाइनमा एकीकृत गरेको छ । यसमा वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डुअर, फ्लस डुअर ह्यान्डल, अटो पार्किङ र टेबलटपसहितको यात्रु ड्रएरजस्ता सेग्मेन्ट–फर्स्ट आविष्कारहरू छन् । कम्पनीले नामी ई१, नामी ई२ र नामी ई३ लाई विभिन्न चार रंगमा उपलब्ध गराएको छ ।
साथै, एमएडब्लू वृद्धि मोटर्स र नारायणी अटोकर्पले वीरगञ्जमा नयाँ सोरुमको उद्घाटन गर्ने तयारी समेत गरेका छन् । यस्तै, कम्पनीले मधेश प्रदेशको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना पनि सञ्चालन गरिरहेको छ । बुधबारदेखि सुरु भएको सो क्याम्प २१ गतेसम्म चल्नेछ ।