काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक भर्चुअल रूपमा जुममा बसिरहेको पार्टी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

उनका अनुसार पार्टी सभापति रवि लामिछानेलाई उनको मानव अधिकार हनन् हुनेगरी रातारात चितवनबाट पोखरा लगिएको र लामिछानेको डायरी समेत गायव गरिएको सम्बन्धमा उपसभापति डीपी अर्यालले बोलाएको आकस्मिक बैठकमा छलफल हुँदैछ ।