काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो पहिलो विस्तारित शाखा बौद्धमा सञ्चालनमा ल्याएको छ । फाइनान्सका अनुसार विस्तारित काउन्टरको उद्घाटन यस संस्थाका अध्यक्ष यादव अधिकारी र बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाबाट संयुक्तरूपमा यही आइतबार सम्पन्न भएको हो ।
काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको हालसम्म २७ वटा शाखा कार्यालयहरू रहेका छन् । फाइनान्सले चालू आर्थिक वर्षको असोज मसान्तसम्म २१ अर्ब निक्षेप संकलन गरी १७ अर्ब रूपैयाँ कर्जा परिचालन गरेको छ । यसका साथै फाइनान्सले विप्रेषण, मोबाइल बैकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक व्याजदरको सुविधा दिँदै आएको छ ।