काठमाडौं । युनियन मेवा हाइड्रोपावर लिमिटेड र लक्ष्मी सनराइज क्यापिटलबीच सम्झौता भएको छ । युनियन मेवा हाइड्रोले सर्वसाधारणमा बिक्री गर्ने एक सय रुपैयाँ अंकित दरका ३५ करोड ३८ लाख ६० हजार पाँच सय रुपैयाँ बराबरको ३५ लाख ३८ हजार छ सय पाँच कित्ता साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने विषयमा लक्ष्मी सनराइज क्यापिटलसँग सम्झौता गरेको हो । सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् । युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा रहेका २३ मेगावाट क्षमताको मेवाखोला जलविद्युत् आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।