काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक ४५ दशमलव ९३ अंकले ओरालो लागेर २६ सय ८९ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ९६ अंकले ओरालो लागेर चार सय ५७ दशमलव शुन्य चार बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २१ वटा कम्पनीहरुको ८१ हजार चार सय चार पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ७३ लाख ९२ हजार दुई सय ४४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ४६ करोड तीन लाख चार हजार नौं सय ९९ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका आज कारोबार भएका सबै उपसमुहहरुको सुचक ओरालो लाग्दा शेयर बजार राताम्मै देखिएको छ ।