काठमाडौं । सन् २००९ मा स्थापना भएको नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इ–सेवाले सुरुवाती दिनदेखि नै भुक्तानी क्षेत्रमा एउटा नयाँ आयम ल्याएको कुरा त सबैलाई अवगत नै छ । हाल केही वर्षयता भुक्तानी क्षेत्रमा मात्र नभएर अन्य विभिन्न क्षेत्रहरूमा पनि कार्य योगदान पु¥याउँदै आएको इ–सेवाले सेवा विस्तारको क्रममा अहिले नेपालको ७७ जिल्लाको सात सय ५३ वटै स्थानीय निकायहरूमा आफ्नो एजेन्ट नेटवर्क पु¥याउन सफल रहेको छ ।
प्रत्येक नेपालीको हात–हातमा पुगिसकेको इ–सेवा एउटा व्यक्तिलाई दैनिक जीवनमा आवश्यक पर्ने सबै प्रकारका सेवाहरूको भुक्तानी गर्ने माध्यम बन्नुका साथै इ–सेवा यात्रा तथा पर्यटकीय क्षेत्रमा पनि दिन प्रतिदिन अझै परिचित नाम बन्दै गइरहेको छ । बस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटदेखि केबलकारसम्मको टिकट खरिद गर्न सकिने इ–सेवाले यात्रुहरूको सहजतासँगै पर्यटकीय विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको छ । प्रयोगकर्ताहरूको आवश्यकताअनुसारका सेवा सुविधाहरू विस्तार गरेर जीवन सहज बनाउने क्रममा इ–सेवा थुप्रै नवीनतम सेवाहरू प्रदान गर्न सधैं तत्पर रहेको छ र यसै क्रममा इ–सेवाले प्रदान गर्ने एउटा महत्वपूर्ण सेवा हो इ–सेवा होटल्स ।
इ–सेवा होटल्स एउटा यस्तो डिजिटल सेवा हो, जसको माध्यमबाट प्रयोगकर्ताहरूले सजिलै होटल बुक गर्न सक्छन् । नेपालको ५४+ जिल्लाका प्रमुख सहरहरूमा अवस्थित साना, मझौला तथा ठूला होटलहरू एकै ठाउँबाट सजिलै बुक गर्न सकिने इ–सेवा होटल्स हालको समयमा होटल बुकिङको लागि एकदम लोकप्रिय बन्दै गएको छ । सहरी क्षेत्रमा रहेका तारे होटलदेखि लिएर ग्रामीण भेगमा अवस्थित होमस्टेसम्म बुक गर्न सकिने इ–सेवा होटल्समा करिब तीन हजार पाँच सयभन्दा बढी होटलहरू रहेका छन्, जुन प्रयोगकर्ताहरूले इ–सेवा एप वा इ–सेवा होटल्सको वेभसाइटबाट विनाझन्झट छिनभरमा बुक गर्न सक्छन् । ग्राहकहरूको सहजता र परिस्थितिलाई ध्यानमा राख्दै इ–सेवा होटल्समा विना अग्रिम भुक्तानी कुनै पनि सहरमा अवस्थित जुनसुकै होटल बुक गर्न सकिने र आवश्यकताअनुसार बुकिङ रद्द गर्न सकिने समेत व्यवस्था रहेको छ ।
ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरूलाई पनि समावेशीकरण गर्न तथा आर्थिकरूपमा सशक्त बनाउन इ–सेवा होटल्सले युएसआईडी ट्रेड एन्ड कम्पेटेटिभनेससँग विभिन्न सहकार्य गर्दै आइरहेको छ । यस सहकार्यले साना तथा मझौला होटल वा होमस्टेहरूलाई प्राविधिक सहयोगका साथै व्यावसाय सञ्चालनमा पनि थप उत्साह प्रदान गरेको छ । युएसआईडी ट्रेड एन्ड कम्पेटेटिभनेसको सहयोगमा इ–सेवा होटल्सले ग्रामीण भेगमा रहेका होटल तथा होमस्टेमार्फत दिगो पर्यटनको विकास हुनका साथै समग्रमा पर्यटन व्यवसायलाई नै बढुवा दिँदै आइरहेको छ र आगामी दिनहरूमा पनि यस परियोजनाले पर्यटन, आर्थिक समावेशीकरण र साना तथा मझौला व्यवसायलाई थप प्रोत्साहन गर्नेछ ।
इ–सेवा होटल्सको माध्यमबाट इ–सेवाले प्रयोगकर्ताहरूको सहजता र पर्यटकीय विकासको साथसाथै साना तथा मझौला होटल व्यवसायीको आर्थिक उन्नतिमा समेत योगदान पु¥याउँदै आइरेको छ । साना तथा मझौला होटल व्यवसायीको हकमा इ–सेवा होटल्ससँगको साझेदारी देशको बदलिँदो डिजिटल रूपान्तरणमा समावेश भएको महसुस र व्यावसायिक वृद्धिको एउटा बलियो आधार बनेको छ ।