काठमाडौं । होटल बाराही काठमाडौंले क्रिसमसको स्वागत गर्दै केक मिक्सिङ कार्यक्रमको आयोजना गरेको छ । बाराहीले काठमाडौँको ठमेल प्रवेशद्वारमा रहेको होटलको प्राइभेट लाउन्जमा सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा कलाकार, उच्च पदस्थ व्यक्तिहरू र ट्राभल इन्फ्लुएन्सर लगायतको सहभागिता थियो । आमन्त्रित पाहुना सबैले केक मिक्स गरेका थिए । केकमा किसमिस, चेरी, काजु, पेस्ता, बदामलगायत मिसाइएको थियो । बाराही काठमाडौंका महाप्रबन्धक रोशन सापकोटाले कार्यक्रम केवल चाडपर्वको निरन्तरता मात्र नभई सम्बन्धहरूको सुदृढीकरण र उत्सवको आनन्द बाँड्ने अवसर भएको बताए । पाहुनालाई केक मिक्सिङ कार्यक्रमपछि बाराहीका सेफहरूले तयार पारेको परिकारहरूको विशेष मेनुमा आधारित दिवा भोजको व्यवस्था गरिएको थियो । केशरमहलको अगाडि चोकैमा रहेको यस होटलबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।
वीर शमशेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैँचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभूति हुन्छ । त्यस्तै, घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भु तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम शृङ्खला देख्न सकिन्छ ।