काठमाडौं । अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्समार्फत खरिद गर्न सकिने भएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड को. प्रालिले मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रक्रियालाई अझ सरल बनाउन यो स्किम ल्याएको हो ।
यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेटलगायतका विभिन्न कागजात आवश्यकता पर्थ्यो । यी झन्भटहरूलाई हटाएर अब भने बजाजका ग्राहकहरूले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्समार्फत किन्न सक्नेछन् । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले एक घण्टा भित्रै लोन पास गरेर एक दशमलब ९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्नेछन् । यो स्किम बजाजका देशभरका आधिकारिक सोरुमहरूमा उपलब्ध सबै मोडलहरूमा लागू हुने कम्पनीले जनाएको छ ।