काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै ४६ अंकले ओरालो लागेको नेप्से साताको दोस्रो कारोबार आज सोमबार पुन १२ दशमलव ८४ अंकले घटेर २६ सय ७६ दशमलव १५ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३६ अंकले ओरालो लागेर चार सय ५५ दशमलव ६७ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ६२ हजार सात सय ५८ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड १५ लाख २३ हजार तीन पटकको कारोबारमा पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार आठ सय २२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य उपसमुहहरुको सुचक उकालो लागेकाछन भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका आठ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।