पछिल्लो समय नेपाली भूमि अराजकतावादीहरूका लागि निकै उर्वर हुँदै गएको छ र हरेका क्षेत्रमा अराजकता मौलिँदै गएको छ । समाजमा मैलाएको अराजकताले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिकलगायत सबै क्षेत्रमा जरो गाड्दै गएको छ । यहाँ कुन साधु कुन चोर भनेर छुट्याउने विवेक मर्दै गएको छ । जसले जे–जे गरे पनि त्यही सही हुने कुतर्कहरू जताततै सुन्न पाइन्छ । सक्नेले मनलाग्दो गरे हुन्छ । त्यसलाई कसैले छेकबार लगाउँदैन ।
बलात्कार गर्नेहरूले उल्टै बलात्कृत हुनेहरूलाई कारबाही गराएका छन् । यहाँ मानव तस्करी गर्नेहरूले बेचिनेहरूलाई थुनिदिएका प्रशस्तै उदाहरण बनेका छन् । घोटाला गर्नेहरूलाई चोख्याइएका छन् । निर्दोषहरूलाई फसाइएका छन् । प्रजातन्त्र र मानव अधिकारका लागि तानाशाहीविरुद्ध लडेकाहरू कता छन् कता ! अहिले प्रजातन्त्रको खोल ओडेका र नक्कली मानव अधिकारवादीहरूको हाँकोडाँको चलेको छ । समाजमा नक्कलीहरूकै दबदबा छ । जीवनभर प्रजातन्त्र र मानव अधिकारका लागि लडेका व्यक्तिहरूलाई अपमान गर्ने र कालोमोसो दल्नेहरू अहिले महान् मानव अधिकारवादी नेता भनेर पुजिन्छन् । निरंकुशताविरुद्ध जीवनभर संघर्षमा होमिनेहरूलाई धिक्कारिन्छ यहाँ । हरेक क्षेत्रमा छाडावाद हावी छ । कसैले कसैलाई टेर्ने अवस्था छैन, त्यो अराजकता घरघरमा पुगेको छ । रोजगारीमा बेथिति छ, स्वास्र्थमा बेथिति छ, जता हेरे पनि बेथिति नै बेथिति छ, कतै पनि थिति छैन । जताततै झुठ फट्याइँ, बेइमानी, छलछाम, धोकाधडी मात्रै छ, इमान जमान कतै भेटिँदैन । एउटा सभ्य नागरिकले के गर्न हुने, के गर्न नहुने, के बोल्न हुने के बोल्न नहुने त्यसको कतै सीमा भेटिँदैन, जसलाई जे मन लाग्यो त्यही गरेको छ, जे मन लाग्यो त्यही बोलेको छ । यो अराजकताले सिंगो मुलुक आक्रान्त बनाएको छ र त्यसबाट मुलुकलाई निकाल्ने ठोस प्रयास हुन पनि सकेको छैन ।
सरकारमा जानेले सत्ताकै दुरुपयोग गरेको छ सडकमा हुनेले सडककै दुरुपयोग गरेको छ, जसले जहाँ पाउँछ त्यहीँ लुटेको छ, निमुखा जनता टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था छ ।
हिजोआज हाम्रो देशमा ठगहरूको मानव अधिकारको रक्षाको वकालत हुन्छ त्यो पनि मानव तस्करीमा जेल परेर हालसालै निक्लिएका मानव तस्करहरूको मुखबाट । बलात्कारीको पक्षमा सडकमा नाराजुलुस हुन्छ यहाँ, बलात्कृत हुनेलाई जिउँदै मर्नुपर्ने बनाइन्छ । उसको पापको कुरो कसैले उठाउँदैन । सिंगो समाज जता पैसा पाइन्छ त्यतै दौडिएको छ । पुलिस प्रशासन अड्डा अखडा सबै त्यतै लम्किएका छन् । न्याय निसाफ मर्दै गएको छ ।
हिजोआज हाम्रो देशमा ठगहरूको मानव अधिकारको रक्षाको वकालत हुन्छ त्यो पनि मानव तस्करीमा जेल परेर हालसालै निक्लिएका मानव तस्करहरूको मुखबाट । बलात्कारीको पक्षमा सडकमा नाराजुलुस हुन्छ यहाँ, बलात्कृत हुनेलाई जिउँदै मर्नुपर्ने बनाइन्छ । उसको पापको कुरो कसैले उठाउँदैन । सिंगो समाज जता पैसा पाइन्छ त्यतै दौडिएको छ । पुलिस प्रशासन अड्डा अखडा सबै त्यतै लम्किएका छन् । न्याय निसाफ मर्दै गएको छ ।
जसले न्याय दिनुपर्ने हो उसैले आफ्नै घरमा अन्याय गरेको हुन्छ । जसले भ्रष्टाचारको छानबिन गर्नुपर्ने हो उसैले लुसुक्क हसुरेको हुन्छ । यहाँ जसले छानबिन गर्नेगरेको छ । त्यसकै बारेमा पहिला छानबिन गर्नुपर्ने अवस्था छ । कसले बदमासी गरेको छ भनेर खोज्नु पर्दैन, बदमासी नगरेको को होला भनेर खोजे पुग्ने अवस्था छ बाँकी अरु सबै एउटै हुन्छ ।
मुलुक यस्तो अवस्थामा पुगिसकेको छ कि यहाँ ठग, हत्यारा, बलात्कारी, घुस्याहा, भ्रष्टाचारी दलाल, मानव तस्करको न्याय र मानव अधिकारको पक्षमा कुरा उठाइन्छ, हेग लैजाने धम्की दिइन्छ, तर साँच्चैका पीडितहरूका बारेमा कुरानै उठाइँदैन । एउटा सम्य मुलुकमा ठग र हत्याराहरूको मानव अधिकार रक्षाको बारेमा बहस चल्ला र ? निश्चितरूपमा मान्छे भएर जन्मिएपछि हत्या, बलात्कार, ठगी भ्रष्टाचार, तस्करीजस्ता कुकर्ममा लागेको भए पनि त्यो पनि मान्छे नै भएकाले उसको पनि बाँच्न पाउनुपर्ने अधिकार सुरक्षित हुनुपर्दछ, तर उसले गरेको अपराजको छानबिनमा कुनै अवरोध हुनु हुँदैन तर यहाँ अहिले एकपछि अर्को घटनामा त्यस्ता आरोपी अपराधीहरूमाथि छानबिन नै हुन नदिने कसरत कि भइरहेको छ बुझ्न कठिन छ । प्रजातन्त्रलाई विधिको शासन भनिन्छ । हाम्रो मुलुकमा पनि प्रजातन्त्र छ तर विधिको शासन छैन । मलाई फलानाले बलात्कार ग¥यो यौन शोषण ग¥यो भनेर कराउने महिलाहरू कराइरहेका छन्, बलात्कार गर्नेहरू ठाँटसँग हिँडिरहेका छन् । कुनै प्रहरी प्रशासन र अदालतले कारबाही गरेको छैन ।
यस्ता घटना हाम्रावरिपरि बग्रेल्ती छन् । किन छानबिन हुन्न ? यही हो त विधिको शासन ? फलानाले फलानो ठाउँमा भ्रष्टाचार ग¥यो भनेर त्यसका विवरणहरू सार्वजनिक भइरहेका छन् । त्यसको छानबिन गर्नेहरूकै संलग्नता भएका घटना सार्वजनिक भइरहेका छन् तर त्यसको कतै सुनुवाइ हुँदैन, सबै कानमा तेल हालेर बसेका छन् ।
छानबिनमा आफ्नालाई हाकाहकी चोख्याइन्छ, कुरा नमिल्नेलाई दोषी बनाइन्छ, यस्तो देखिएकै छ । आफ्ना कुरा लाद्नु परेमा नागरिक समाजका नाममा शक्ति प्रदर्शन हुन्छ तर विधिको शासन कायम गर्नका लागि शक्ति प्रदर्शन हुँदैन, आफूखुसी गर्न पाउनु प¥यो भनेर घोक्रो फुलाउनेहरूको तमासा दिन दिनै हेर्न पाइन्छ ।
छानबिनमा आफ्नालाई हाकाहकी चोख्याइन्छ, कुरा नमिल्नेलाई दोषी बनाइन्छ, यस्तो देखिएकै छ । आफ्ना कुरा लाद्नु परेमा नागरिक समाजका नाममा शक्ति प्रदर्शन हुन्छ तर विधिको शासन कायम गर्नका लागि शक्ति प्रदर्शन हुँदैन, आफूखुसी गर्न पाउनु प¥यो भनेर घोक्रो फुलाउनेहरूको तमासा दिन दिनै हेर्न पाइन्छ ।
हाम्रो देशमा त्यस्तै अमूर्त र रहस्यमय बनाइदिइएको छ मानव अधिकारको व्याख्यालाई । हत्या हिंसामा पारिवारिक संलग्नता भएकाहरूले पनि मानव अधिकारका नाममा संस्था खोलेर आफूलाई चोख्याउने गरेको देखिएकै छ । अवैध कारोबारमा पारिवारिक संलग्नता भएकाहरूका लागि लगानीको समस्या रहने नै भएन । प्रजातन्त्र र मानव अधिकारको लडाइँमा जीवन बिताएकाहरूलाई दुव्र्यवहार गरेर मानव अधिकारवादी बनेकाहरू पनि यो समाजमा जीवितै छन् ।
प्रजातन्त्र र मानव अधिकारको गला निमोठेर निरङ्कुश कानुनको मस्यौदाकारहरूलाई मानवअधिकारको पिता मान्नेहरूको यहाँ कुनै कमी छैन । तानाशाहका चुलोचौको सरसफाइ गरेर जीवन गुजारा गर्दै आएकाहरूले पनि लोकतन्त्रको उपयोग गरेर मानव अधिकारवादीका बिल्ला भिरेर हिँड्न पाएकै छन् ।
प्रजातन्त्र र मानव अधिकारको गला निमोठेर निरङ्कुश कानुनको मस्यौदाकारहरूलाई मानवअधिकारको पिता मान्नेहरूको यहाँ कुनै कमी छैन । तानाशाहका चुलोचौको सरसफाइ गरेर जीवन गुजारा गर्दै आएकाहरूले पनि लोकतन्त्रको उपयोग गरेर मानव अधिकारवादीका बिल्ला भिरेर हिँड्न पाएकै छन् ।
मान्छे मारेर मानव अधिकारको हुहाइँ दिनेको यहाँ कुनै कमी छैन । यस्तो ठाउँमा मानव तस्करीमा जेल परेर हालसालै छुटेको व्यक्तिले ठगको मानव अधिकारको वकालत गर्नु कुनै अनौठो कुरा भएन । हाम्रो मुलुकमा मान्छे बेच्नेहरूको र बेचिनेहरूकै कुनै कमी छैन । अहिले नेपालबाट निर्यात हुने भनिएकै मानिस हो । बिहे गरेर चाइनामा बेचिने युवतीहरूको पीडा यहाँ कसैले बुझ्दैन । बम्बैको कोठीका कुरै भएन, कुवेत ओमन, इजराइललगायत खाडी क्षेत्रमा त्यस्तै छ । सामान्य धरानाका मान्छे त्यता बेचिएकै छन् । तथा कथित हुनेखाने वर्गका मान्छेहरू युरोप, अमेरिकातिर बेचिन्छन् ।
केही दिनअघि एक जना मन्त्री नै मानव तस्करीमा जापानबाट डिपोर्ट भएर फर्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको कुरा पनि सरकार र अदालतलाई राम्रो नलागे पनि जनताले बिर्सिएका छैनन् । तस्करी वा मानव तस्करी यहाँको लागि नौलो विषय रहेन । त्यस्तै मानव तस्करीमा २५ लाख रुपैयाँ लिएर एक जनाले अमेरिका पठाइदिने भएछन् र पठाएनछन् । पछि उनी ठगीमा पक्राउ परे । जेलजीवन बिताएर केही समयअघि मात्र जेलबाट छुटे तिनै व्यक्तिले ठगीको प्रहरी अनुसन्धानमा रहेको अर्को व्यक्तिको मानव अधिकार हनन् भएको बताए । उनकै पछि लागेर अलिहे स्यालहुँइया मच्चाइएको छ । के हो मानव अधिकार ? के होइन मानव अधिकार ? यसका बारेमा कोही पनि गभ्भीर देखिएका छैनन् । मानव अधिकारको व्याख्या गर्ने ठाउँमा पनि उनै छन् । मानव अधिकारको कार्यान्वयन गर्ने ठाउँमा पनि उनै छन् । उनीहरू नै पानी धमिल्याएर नागरिकलाई दिग्भ्रमित मार्ने काम गरिहेका छन् । कता छैनन् मानव अधिकारमा दुस्मन र निरंकुशर्ताका रक्तवीजहरू भनेर खोज्नुपर्ने बेला भएको छ । जता हे¥यो उतै छन् । अनि उनीहरूकै स्यालहुइयाँ, तिनैलाई विदेशी दानापानी । अनि यो देश बर्बाद नभएर कुन बर्बाद हुन्छ त ?