नयाँदिल्ली । भारतले सोमबार आफ्नो पूर्ववर्तीको कार्यकाल समाप्त हुनुभन्दा एक दिनअघि वित्त मन्त्रालयको बुद्धिजीवी सञ्जय मल्होत्रालाई देशको केन्द्रीय बैंकको नेतृत्व गर्न नियुक्त गरेको छ । आफ्ना पूर्ववर्ती शक्तिकान्त दासले आफ्नो कार्यकाल फेरि विस्तार गर्नेछन कि भनेर हप्तौँको अटकलबाजीपछि मल्होत्राले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रको मौद्रिक नीति अघि बढाउने भएका छन् ।
भारतीय क्याबिनेटको नियुक्ति समितिको अधिसूचनाअनुसार मल्होत्रालाई बुधबारदेखि सुरु हुने ‘तीन वर्षको अवधि’ का लागि भारतीय रिजर्भ बैंक (आरबिआई)को नेतृत्व गर्न नियुक्त गरिएको छ ।
वित्त मन्त्रालयको वेबसाइटका अनुसार मल्होत्रा इन्जिनियरिङ स्नातक छन र उनले प्रिन्सटन विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् । हाल राजस्व विभागका सचिव रहेका उनले यस्तो समयमा कार्यभार सम्हाल्नेछन् जतिबेला आर्थिक वृद्धि सुस्त भएपछि आरबीआईमाथि ब्याजदर घटाउन दबाब बढिरहेको छ ।
सेप्टेम्बरको त्रैमासिकमा भारतको अर्थतन्त्र पाँच दशमलव चार प्रतिशतले विस्तार भएको छ । यो आरबीआईको सात प्रतिशतको अनुमानभन्दा करिब दुई वर्षको न्यून हो । यसका बाबजुद केन्द्रीय बैंकको मौद्रिक नीति समितिले जारी मुद्रास्फीति जोखिमलाई उद्धृत गर्दै सन् २०२३ फेब्रुअरीदेखि ब्याज दर साढे छ प्रतिशतमा स्थिर राखेको छ ।
भारतको सेप्टेम्बर त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) तथ्यांकले अनुमानलाई छाडेपछि सन् २०१८ मा पहिलो पटक आरबीआईको प्रमुखका रूपमा नियुक्त दासको भविष्यबारे स्थानीय मिडिया रिपोर्टहरूले पहिले नै अनुमान लगाएका थिए ।