काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३८ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । वार्षिक साधारणसभामार्फत बैंकले १९ प्रतिशत नगद लाभांश र छ दशमलव पाँच प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गरेको छ ।
सभालाई सम्बोधन गर्दै बैंककी अध्यक्ष जरिन दारूवालाले ’नेपालमा सञ्चालित एक मात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा यहाँको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउँदा खुसी भएको उल्लेख गरिन् । प्रभावकारीरूपमा सञ्चालन हुन सकेकै कारण बैंकको सेयरमा प्रतिफल (रिटर्न अन इक्विटी) यो क्षेत्रकै उच्च (१९ प्रतिशत) रहेको उनको भनाइ थियो । बैंकले आर्थिक वर्ष २०८०÷८१ मा चार अर्ब ७० करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद मुनाफा तीन अर्ब ३० करोड रुपैैयाँ रहेको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७० पैसा रहेको छ । बैंकमा हाल स्ट्यान्डर्ड चार्टर्ड समूहको ७० दशमलव २१ र सर्वसाधारण सेयरधनी समूहको २९ दशमलव ७९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
स्टान्डर्ड चार्टड बैंकको प्रमुख कार्यकारीमा गोरख राणा
स्टान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा गोरख राणा नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको पछिल्लो पटक सम्पन्न भएको बैठकले जनवरी एक २०२५ देखि कार्यान्वयनमा आउने गरी राणालाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।
यसअघि राणा सोही बैकमा सहायक प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत रहेका थिए भने बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा अनिर्वन घोष दस्तिदार रहेका थिए । दस्तिदारको कार्यकाल सकिएसंगै राणा प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त भएका हुन ।
नेपाली बैंकिङ क्षेत्रमा ३० वर्षको बैंकिङ अनुभव संगालेका राणासँग स्टान्डर्डमा हुँदा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ । उनले इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन् । राणा बहुराष्ट्रिय समुहद्धारा प्रर्वधित स्टान्र्डड चार्टड बैंकमा प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने हिलो नेपाली नागरिक हुन । यसैबिच बैंकले मंगलबार आफ्नो ३८ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सञ्चालक समितीका अध्यक्ष जरिन डरुवालाको सभापतित्वमा बैंकले बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।