काठमाडौं । फोटोन नेपालले आफ्नो क्रान्तिकारी माउन्टेन ईभी भ्यानको पोखरामा भव्य शुभारम्भ गरेको छ । विशेषगरी नेपालको चुनौतीपूर्ण भू–भागको सामना गर्न डिजाइन गरिएको माउन्टेन ईभी भ्यानमा ५३ दशमलव ५८ केडब्लुएच ब्याट्री रहेको छ ।
कम्पनीका अनुसार यसले तीन सय किमीसम्मको दायरा प्रदान गर्छ । एक सय ३० केडब्लुएच कोचरम शक्ति र ३३० एनएमको अधिकतम टर्कसँगै यो ईभी भिरालो पहाडहरूमा पनि सजिलैसँग गुड्नका लागि बनाइएको छ । साथै, कम्पनीले ग्राहकहरूलाई माउन्टेन ईभीको प्रदर्शनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्दै तीन दिने विशेष टेस्ट ड्राइभको पनि आयोजना गर्ने जनाएको छ । टेस्ट ड्राइभ तीन दिनसम्म फोटोन सोरुम बुद्धचोक पोखराबाट प्राप्त हुनेछ । माउन्टेन ईभी भ्यान पोखराका विद्यालय, सरकारी तथा निजी कार्यालयका लागि विशेष उपयुक्त छ । माउन्टेन ईभी भ्यानमा १४–१६, फराकिलोभित्री भाग र विलासी डिजाइन छ ।