काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले खुद नोक्सानी व्यहोरेको छ । संस्थाले चालु आवको पहिलो त्रैमासमा सात करोड १० लाख ८८ हजार पाँच सय ५७ रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो । गत आवको सोही अवधिमा भने संस्थाले ५२ लाख ३४ हजार दुई सय ५४ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ४९ करोड ७४ लाख १५ हजार नौं सय ४२ रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब २९ करोड ११ लाख ७७ हजार दुई सय ७५ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३८ करोड ७५ लाख १८ हजार सात सय २० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ९८ लाख ६४ हजार पाँच सय ६२ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा ११ दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा छ करोड सात लाख ८७ हजार नौ सय ५९ रुपैैयाँ रहेको संस्थाको स्प्रेडदर भने छ दशमलव ९२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब २५ करोड ८२ लाख ११ हजार आठ सय ४७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २३ करोड ३३ लाख एक हजार सात सय ६४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ८५ लाख ६० हजार ६१ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने ६९ लाख ६३ हजार दुई सय छ रुपैयाँले ऋणात्मक रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव ७४ प्रतिशत रहेको थियो ।