काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो तीन कार्य दिन लगातार ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने ४५ दशमलव ८८ अंकले उकालो लागेर २७ सय १५ दशमलव ७१ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौै दशमलव ७५ अंकले उकालो लागेर चार सय ६४ दशमलव ६६ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय आठ वटा कम्पनीहरुको ५६ हजार तीन सय ५० पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।