काठमाडौं, असार २९
ग्लोबल आईएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रकम सहयोग गरेको छ । बैंकले कोरोना रोकथामको लागि प्रदेश नं. १ सरकारलाई १० लाख रूपैयाँ सहयोग गरेको हो । बैंकको प्रदेश नं. १ प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुुन् ।
मुख्यमन्त्री राईले कोरोना भाइरसविरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए । बैंकले, कोरोना भाइरसले नेपाललगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा यस योगदानबाट यो भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे छ ।
बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरूमा सहयोग गर्दै आएको छ र आगामी दिनहरूमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ । उक्त कार्यक्रममा प्रदेश नं. १ सरकारका अर्थ तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको पनि उपस्थिति रहेको थियो ।