काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले डिसेम्बर डिलाइट अभियान सुरु गरेको छ । डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्नेछन् ।
यस योजनाअन्तर्गत, ग्राहकहरूले छ लाख रुपैयाँसम्मको छुट, पाँच लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र एक वर्षको बीमा सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यस अभियानमा शून्य लागत स्वामित्व योजना रहेको छ, यसमा ग्राहकहरूले आफूलाई मनपर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् । साथै, तीन वर्षको निःशुल्क चेक–अप, गाडी मर्मत सामग्रीहरू तथा विभिन्न वास कुपन र तीन वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ ।
साथै, हुन्डाई नेपालले शनिबार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथली सोरुमहरूमा पर्व विशेष कार्यक्रमहरूको पनि आयोजना गर्न लागेको जनाएको छ ।