कास्की । रास्वपाका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको छ।

रबीलाई ५ दिन हिरासतमा राख्न न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार आदेश दिएको छ । उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जानकारी गराएको छ ।