काठमाडौं, असार २९
सनराइज बैंकले एकै दिन चारवटा शाखाको समुुद्घाटन गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्ने उदेश्यले शाखा विस्तार गरेको हो । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याले डिजिटल उद्घाटन समारोहमार्पmत चारवटा शाखा र एउटा विस्तारित काउन्टरकोे समुुद्घाटन गरेका हुुन् । कोभिड–१९ का कारण पर्नसक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दे सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको बंैंकले जानकारी दिएको छ । नेपालीमाझ आफ्नो उपस्थितिलाई बलियो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच बढाउने उद्देश्यका साथ बैंकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा शाखा र हरिसिद्धीमा विस्तारित काउन्टर सुरु गरेको बैकले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि यसको प्रभाव देखिएको परिपेक्षमा बैंकले परिस्थितिको जटिलतालाई मध्यनजर गर्दै डिजिटल माध्यममार्फत उद्घाटन गरेको हो । आफ्ना शाखाहरूमार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न, सम्पूर्ण बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पु-याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।
हालसम्म बैंकले एक सय ३४ वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ सेवा, १० वटा विस्तारित काउण्टर र एक सय ६० वटा एटीएममार्फत आफ्ना करिब छ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि थप शाखा, शाखारहित बैंकिङ, विस्तारित काउन्टर र एटीएमहरू सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।