काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै ४६ अंंकले उकालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने ३३ दशमलव ४२ अंकले ओरालो लागेर २६ सय ८२ दशमलव २९ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४४ अंकले ओरालो लागेर चार सय ५८ दशमलव २२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय चार वटा कम्पनीहरुको ६७ हजार एक सय २८ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड २३ लाख ७१ हजार तीन सय १८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब १४ करोड ४० लाख ६५ हजार सात सय ४४ रुपैैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक उकालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।