काठमाडौं, नेपाल बीमा प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले पाएका छन् । सरकारले अर्को व्यवस्था नभएसम्मका लागि दाहाललाई अध्यक्षको रूपमा कामकाज गर्न जिम्मेवारी दिएको हो ।
बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दाहाललाई प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्नेगरी मन्त्रालयले जिम्मेवारी दिएको हो ।
यसअघिका प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए ।आयोगले सोमबार उनीविरुद्ध नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।