काठमाडौं । बीवाईडी अटो इन्डस्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बहुप्रतिक्षित बीवाईडी एम६ को बुकिङ खुला गरेको छ ।
नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको रूपमा यो पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुने जनाइएको छ । यो अतुलनीय कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले डिजाइन गरिएको कम्पनीको दाबी छ । बीवाईडी एम६ को प्रारम्भिक मूल्य ६० लाख १५ हजार रुपैयाँ हुनेछ । हाल गाडी बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि एक लाख ५० हजार रुपैयाँ नगद छुट समेत उपलब्ध हुनेछ । यो आकर्षक अफरका कारण सुरुमा गाडी किन्न चाहने ग्राहकले नेपालकै सबैभन्दा भर्सटाइल र इको–फ्रेन्ड्ली एमपीभी अविश्वसनीय मूल्यका साथ प्राप्त गर्न सक्नेछन् । बीवाईडी एम६ एउटा क्रान्तिकारी एमपीभी (मल्टी युटिलिटी भेइकल) हो, यसमा नेपाली परिवार र व्यापारिक घरानाको चाहना पूरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटी उपलब्ध छ ।
नेपालको इलेक्ट्रिक मोबिलिटीलाई अर्को फड्कोमार्फत रूपान्तरण गर्ने कार्यमा बीवाईडी एम६ ले प्रतिनिधित्व गरेको छ । कम सञ्चालन खर्च, शून्य उत्सर्जन र बहु–उपयोगी कार्यका कारण परिवारका साथै हस्पिटालिटी र पर्यटन व्यवसायका लागि बीवाईडी एम६ छनोट बन्न सक्छ । हाल बीवाईडी एम६ बुकिङ गर्ने ग्राहकले नगद एक लाख ५० हजार छुट पाउने छन् । आगामी डिसेम्बर २४ अर्थात् पुस ९ सम्मका लागि उपलब्ध यो अफरमार्फत अविश्वसनीय मूल्यमा प्रिमियम इलेक्ट्रिक एमपीभी प्राप्त गर्न कम्पनीले अनुरोध समेत गरेको छ ।