काठमाडौं । एनसेलले एक विशेष साप्ताहिक फ्ल्यास सेल्स अफर सञ्चालनमा ल्याएको छ । यो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस प्रदान गर्छ । शनिबारका दिन मात्र उपलब्ध हुने यो अफरले ग्राहकलाई विनाकुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्छ ।
मंसिर २२ देखि सञ्चालनमा आएको यो अफर पुस १३ सम्म लागू रहनेछ र यो अवधिको हरेक शनिबार ग्राहकहरूले सधैँ अनका निश्चित प्याकहरू र अनलिमिटेड डेटा प्याकहरूको खरिदमा बोनस डेटा वा भ्वाइस टक टाइमको फाइदा लिन सक्छन् ।
प्याकको आधारमा, ग्राहकहरूले एक जीबीदेखि १० जीबी डेटा वा १० देखि एक सय मिनेटसम्मको अननेट टक टाइम बोनसको रूपमा प्राप्त गर्दछन् । यो अफरको फाइदा लिनको लागि, ग्राहकहरूले आफ्नो डिभाइसमा एनसेल एप रहेको हुनुपर्छ । यदि एप नभएको खण्डमा डाउनलोड गरी ग्राहकले आफ्नो एनसेल नम्बर प्रयोग गरेर लग इन वा साइन अप गर्नुपर्छ ।
प्रत्येक शनिबार ग्राहकहरूले एनसेल एपको फ्ल्यास सेल्स सेक्सनमा गई सधैँ अन वा अनलिमिटेड डेटा प्याकहरू खरिद गर्न सक्छन् र खरिदपश्चात तत्काल बोनस डेटा वा टक टाइम प्राप्त गर्न सक्छन् । यो अफर सधैँ अनका रु ३९९ देखि रु ९९९ सम्मका प्याकहरू र रु ५०, रु १२५ र रु ९९९ का अनलिमिटेड डेटा प्याकहरूमा उपलब्ध रहेको छन् ।
प्याक सुचारु भएसँगै ग्राहकले बोनस डेटा र टक टाइम प्राप्त गर्दछन् । उदाहरणका लागि रु ३९९ को सधैँ अन खरिद गर्ने ग्राहकले प्याकमा पाइने (८ जीबी डेटा, ३९९ मिनेट टक टाइम र ३९ वटा एसएमएस) सेवाबाहेक थप एक जीबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।
त्यस्तैगरी, अनलिमिटेड डेटा प्याक खरिद गर्ने ग्राहकले पनि बोनस टक टाइम प्राप्त गर्छन् । जस्तै, तीन दिनको समयसीमा रहेको एक सय २५ पर्ने अनलिमिटेड डेटा प्याकको खरिदमा ग्राहकले २० मिनेट अननेट टक टाइम बोनस प्राप्त गर्दछन् ।
यो अफरले विनाकुनै अतिरिक्त शुल्क थप सेवा बोनसका रूपमा प्रदान गर्ने र ग्राहकलाई डिजिटल बन्न सहयोग गर्ने भएकोले यसले विशेष महत्व राख्ने एनसेलले जनाएको छ । सधैँ अन प्याक खरिद गर्ने ग्राहकले एनसेल एपको माध्यमबाट आफ्नो बाँकी डेटालाई भ्वाइसमा वा बाँकी भ्वाइसलाई डेटासँग साट्न सक्ने विशेष सुविधा पनि प्रदान गर्दै आएको छ ।