चितवन । नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गहमन्त्री लेखकले सहकारीको रकम अपचलन गरेको विषयमा प्रहरीले अनुसन्धान गरिराखेको व्यक्तिका विषयमा टिकाटिप्पणी गर्दा ध्यान दिनुपर्ने बताएका छन् ।
अनुसन्धानलाई प्रभावित पार्ने गरी कसैले अभिव्यक्ति दिन नहुने बताउदै गृहमन्त्री रमेश लेखकले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन अगाडि रवि लामिछानेलाई बाहिर राखेर अनुसन्धान गर्न सकिने भन्दै अभिव्यक्ति दिएको जानकारी गराए ।
कानुनभन्दा कुनै पनि व्यक्तिमाथि नभएकाले जुनसुकै व्यक्ति दोषी भए, प्रमाणले दोषी ठहर्याए कारबाही हुने बताए । सहकारी मात्र नभएर गैर कानुनी काम गर्ने जुनसुकै व्यक्ति संस्थामाथि आवश्यक कारबाही गर्न सरकार प्रतिबद्ध भएको बताउदै उनले देश बाहिर रहेका जिवी राईलाई नियन्त्रणमा लिने प्रकृया अगाडि बढेको जानकारी दिए ।
गृहमन्त्री लेखकले स्थायी सरकार सञ्चालनका लागि एमाले र कांग्रेस एक भएर देशलाई एउटा निकास दिनका लागि सरकार सञ्चालन गरेको बताए । दुई शक्ति एक हुनुको अर्को उद्देश्य आवश्यक बुँदामा संविधान संशोधन गर्ने रहेको छ । कार्यक्रममा गृहमन्त्री लेखकलाई सहकारी पीडितले ज्ञापनपत्र बुझाएर रकम फिर्ताका लागि सरकारले पहल गरिदिन अनुरोध गरेका थिए ।