काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका मौलिक संस्कृति एवं परम्पराले एकापसमा सामाजिक सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् ।
अध्यक्ष नेपालले धान्य पूर्णिमा, उधौली पर्व, यमरीपुन्ही एवं ज्यापु दिवसका अवसरमा आइतबार जारी गरेको शुभकामना सन्देशमा मौलिक विशेषता भएका फरक सांस्कृतिक पर्वले नेपाली समाजलाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन मद्दत पुग्ने बताए ।
सन्देशमा नेपालले बहुभाषिक एवं बहुसांस्कृतिक हाम्रो मुलुकमा विविध जातजातिका भाषा, साहित्य, कला र रहनसहनले समग्र राष्ट्रलाई सुसंस्कृत बनाउन मद्दत पुग्ने बताए । चाडपर्व र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिदै उनले सामाजिक एकता, पारस्पारिक सम्मान अभिवृद्धि गरी आर्थिक विकासको मार्गमा अग्रसर हुन चाडपर्व सहयोगी हुने विचार पनि व्यक्त गरे ।