काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीइओ’ कार्यक्रम सम्पन्न गरेको छ ।
सुदूरपश्चिम प्रदेशबााट लक्ष्य पूरा गर्ने सबै अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृतले मायाको चिनो प्रदान गरेका थिए । साथै, स्किममा व्यवस्था भएअनुरूप अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र यस स्किममा छनौट हुने अभिकर्तालाई प्रदेशस्तरीय कार्यक्रमअन्तर्गत सम्मान गरिने कम्पनीको योजनाअनुरूप सुदूरपश्चिम प्रदेशबाट छनौट हुन सफल २६ जना अभिकर्ताहरूलाई सम्मान गरिएसँगै यस स्किमअन्तर्गतका सातै प्रदेशको कार्यक्रम सकिएको बताउँदै सबै प्रदेशबाट यस कार्यक्रममा जोडिने तीन सयभन्दा बढी अभिकर्ताहरूलाई बधाई ज्ञापन गरे ।
कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासालगायत विविध पक्षहरूका बारेमा विस्तृतरूपमा छलफल गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । यस योजनाले अभिकर्ता र सीईओ दुवैलाई प्रत्यक्षरूपमा जोडी अन्तर्क्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनुपर्ने सुझाव दिएका थिए ।