ओटावा । क्यानडामा बस्ने विदेशी विद्यार्थीहरुले थप कठिनाइ भोग्नुपर्ने अवस्था बढ्दै गएको छ । क्यानडा सरकारले त्यहाँ अध्ययन गर्ने विदेशी विद्यार्थीहरूलाई विभिन्न प्रकारका कागजातहरू बुझाउन इमेल पठाएको छ । विद्यार्थीहरुले भिसा, अध्ययन अनुमति, शैक्षिक रेकर्ड, अङ्क र उपस्थिति समावेश छ । भारतीय विद्यार्थीले यसबारे जानकारी दिएका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार क्यानडाको अध्यागमन शरणार्थी र नागरिकता (आईआरसीसी) विभागले विदेशी विद्यार्थीहरूलाई इमेल पठाएको छ । यीमध्ये धेरै विद्यार्थी यस्ता छन् जसको भिसा दुई वर्षको लागि मात्र मान्य छ । क्यानडा सरकारले विदेशी विद्यार्थीका लागि नियम कडा बनाउँदैछ । यस्तो अवस्थामा विद्यार्थीमा अन्योलको वातावरण बनेको छ ।
ब्रिटिस कोलम्बिया, क्यानडामा अध्ययनरत विद्यार्थीहरुले आईआरसीसीले पठाएको इमेल पढेर छक्क परेको बताएका एका छन् । यस्तो अवस्थामा फेरि सबै कागजपत्र बुझाउन भनिएको छ । विद्यार्थीले हाजिरी र पार्टटाइम कामको विवरण पठाउन इमेल आएको बताएका छन् ।