दिपेश गिरीको 'माया यही हो कि' गीत सार्वजनिक भएको छ । उक्त गीत उनकै युट्युब च्यानल 'दिपेश गिरी' बाट सार्वजनिक भएको हो । माया यही हो कि एउटा प्रेमिल गीत हो । कसैलाई मन पराएपछि उसले कस्तो उत्तर दिनेहोला भन्ने खुल्दुली गीतमा प्रस्तुत गरिएको छ । गोदावारीलगायतका सुन्दर ठाउँमा छायाङ्कन गरिएको गीतको भिडियोमा गायक गिरीलाई पूर्णिमा थापाले साथ दिएकी छिन् । सिद्धार्थ सिङ र निपेश भट्टराईको सिनेम्याटोग्राफीलाई एस प्रोडक्सनले सम्पादन गरेको हो । कुसलसिङ नेलको सङ्गीत संयोजन रहेको गीतमा नगेन्द्र राईको बाँसुरीवादन रहेको छ भने रेकर्डिङ, मिक्सिङ र मास्टरिङ पनि एस प्रोडक्सनले गरेको छ । भिडियो :