काठमाडौं, असार ३०
विजय लघुुवित्त वित्तीय संस्थामा प्रमुुख कार्यकारी अधिकृत बसन्तराज लम्सालको पदावधि थप भएको छ । संस्थाका अनुसार यही असार २७ गते शनिबार बसेको सञ्चालक समितिको एक सय १८औं बैठकले आगामी चार वर्षको लागि प्रमुुख कार्यकारी अधिकृत लम्सालको पदावधि थप गरेको हो । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड ८४ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ७० लाख ३३ हजार रुपैयाँ रहेको थियो । हाल चुुक्ता पुँजी २२ करोड ४० लाख ३१ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ७८ करोड ४२ लाख ८९ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५४ करोड १६ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ६४ लाख ३४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ३८ लाख ८५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ९२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ५० करोड ५२ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ४७ करोड १५ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड आठ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड १७ लाख नौ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ५३ प्रतिशत रहेको थियो ।