काठमाडौँ । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झन्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा सोमबार यहाँ सातौँ राष्ट्रिय झन्डा दिवस मनाइएको छ । हरेक वर्ष पुस १ गतेका दिन राष्ट्रिय झन्डा दिवस मनाइन्छ । काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा राष्ट्रिय झन्डा दिवसको अवसरमा सोमबार नेपालको राष्ट्रिय झन्डा बोकेर र्याली निकालिएको थियो ।