काठमाडौं । आईएजकुसनलाइजले राजधानीमा ईडीभी भिजनरी समिट आयोजना गरेको छ । काठमाडौंको र्याडिसन होटलमा सञ्चालन भएको उक्त कार्यक्रममा भारतीय विश्वविद्यालयमा प्रदान गरिने शैक्षिक विषयवस्तुको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधिहरूले विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक सेवा, प्रयोगात्मक शिक्षा र नवप्रवर्तनसम्बन्धी शिक्षा तथा जानकारीहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए । आईएजकुसनललाइजकी निर्देशक सिखा गुप्ताले विद्यार्थीहरूको रूचिको विषय अध्ययन गर्ने बाटो खुला गरिदिएको बताइन् । कार्यक्रममा एमआईटी वल्र्ड पिस युनिभर्सिटीका अधिकारीहरूले पछिल्लो समय नेपाली विद्याथीहरूलाई जीवनउपयोगी र नवप्रवर्तनात्मक शैक्षिक विषयवस्तुहरूको अध्ययन तथा अध्यापन गराउन थालिएको बताए । पिम्परी चिन्चवड युनिभर्सिटका अधिकारीहरूले सूचना प्रविधिको क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्दै जाँदा विश्वविद्यालयले उक्त विषयलाई प्राथमिकतामा राखेको बताए । कार्यक्रममा आईसीएफएआई, गितामा युनिभर्सिटन, ग्राफिक एरा, मानव रचना युनिभर्सिटका अधिकारीहरूको उपस्थिति थियो ।