काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से परिसुचक ५१ दशमलव ३७ अंकले ओरालो लागेर २६ सय ३० दशमलव ९१ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ९३ अंकले ओरालो लागेर चार सय ५१ दशमलव २८ बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज तीन सय चार वटा कम्पनीहरुको ६७ हजार छ सय ४८ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड २७ लाख ४५ हजार सात सय ७७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार आठ सय ४७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लाग्दा शेयर बजार पुरै रातो देखिएको छ ।