गण्डकी । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।

प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले सरकारी वकिलको कार्यालयमा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार अनुसन्धान प्रतिवेदन बुझाएको जानकारी दिए । कात्तिक २ गते काठमाडौँबाट सहकारी ठगीसम्बन्धी मुद्दामा प्रक्राउ गरी लामिछानेलाई पोखरा ल्याइएको थियो ।