नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा पीएल सिंह आफ्नो ८८ वर्षको उमेरमा सोमबार बिहान काठमाडौंको चाक्सीबारीमा सदाका लागि यो संसारबाट बिदा भएका छन् । बहुमुखी प्रतिभाका धनी एवं बहुआयामिक व्यक्तित्वका रूपमा चिनिएका उनको पार्थिव शरीरमा सोमबार नै उनका भाइ इन्द्रलाल सिंहले दागबत्ती दिएका थिए । उनको बिदाइमा विशाल जनसमुदायको उपस्थिति रहेको थियो ।
उनी सर्वसान्य नेताका सहयोगी र सहयोद्धामात्रा थिएनन्,प्रमुख राजनीतिक योजनाकार र प्रमुख 'क्याम्पेनर' पनि थिए । ब्यवहारमा हल्का फुल्का र सरल स्वभावका पीएल बैचारिक रुपमा अतयन्त दृढ र उत्तिकै कठोर पनि थिए । सबैका सुःख दुःखका साझा साथि बन्न रुचाउने सिंह,जस्तै गंम्भीर कुरालाई पनि हासिमजाकमा सजिलै व्यक्त गर्न सक्ने गुणका धनी थिए । जस्तै कठिन परिस्थितिमा पनि आस्था र निष्ठाबाट बिचलित नभएका सिंहले आफ्नो सम्पूर्ण जिवन प्रजातन्त्र र प्रजातान्त्रीक आचरणकै लयमा बसालेका थिए । भेदभाव नचिनेका सिंहका तिनै गुणले नेपालको प्रजातान्त्रीक आन्दोलनमा असम्भव ठानिएको कांग्रेस र कम्युनिष्टहरुको सहकार्य सम्भव भएको थियो र गणेशमान सिंहको नेतृत्वमा २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल भएर प्रजातन्त्र पुर्नःस्थापना हुन सकेको थियो । बाहिरा देखिदा जनआन्दोलनमा उनी एउटा सतही पात्र थिए । तर भित्री रुपमा यसको लगाम गणेशमानको हातबाट खिचाउने काम उनैले गरेका थिए ।
पीएल सिंह नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वतस्फूर्तरूपमा जोडिएका व्यक्तित्व हुन् । विसं २०१७ सालदेखि २०६२-६३ सालसम्मको प्रजातान्त्रिक आन्दोलनमा उनको एक निश्चित मापदण्डका विभिन्न आयामहरू थिए । त्यसअनुकूलको भूमिकामा उनी प्रस्तुत भएका थिए ।
कलकलाउँदो उमेरमा घर परिवार र व्यक्तिगत जीवनको माया मोह त्यागेर प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा गणेशमान सिंहसँग जोडिन पुगेका उनी त्यसअघि भने विद्यार्थी जीवनमा छुट्टै भूमिका रहेका थिए । तर, २०१७ साल पुस १ गते राजाले प्रजातन्त्रको अपहरण गरेपछि उनी त्यसको पुनस्र्थापनाको लागि गणेशमान सिंहसँग पारिवारिकरूपमा जोडिन पुगेका थिए ।
गणेशमान सिंह र मंगलादेवी सिंहको जेलजीवन तथा निर्वासनका क्रममा उनको घरपरिवारको व्यवस्थापनदेखि जेल तथा निर्वासनको बन्दोबस्त मिलाउनेसम्मको भूमिका उनको थियो । २०३६ सालमा जनमत संग्रहको घोषणापछि एउटा भूमिकामा रहेका सिंहको जनमत संग्रहको परिणाम घोषणापछि भूमिका फेरियो । उनी प्रजातन्त्रवादी र बामपन्थीहरूलाई एकै ठाउँमा ल्याएर प्रजातन्त्र पुनस्र्थापनाका लागि आन्दोलनको तयारीमा लागे । २०४२ सालमा नेपाली कांग्रेसले आयोजना गरेको सत्याग्रहलाई छलपूर्वक निस्तेज पारिएपछि सिंहको पूर्वयोजना अन्तिम विकल्प बन्न गयो र उनको त्यो योजनालाई सर्वमान्य नेता गणेशमान सिंहले स्वामित्व ग्रहण गरिदिएपछि २०४६ सालको ऐतिहासिक जनआन्दोलनको तयारी भएको थियो र गणेशमानको आह्वानको अझ आन्दोलनलाई नेपाली कांग्रेसले समर्थन गरेपछि बाममोर्चाको समर्थन जुटाउने भूमिका पनि सिंहकै थियो ।
पञ्चायतकालमा नेपालका बिरामी उपचारका लागि दिल्लीको अस्पतालमा भर्ना गराउने भूमिकामा रहेका सिंह नेपाल आउने विदेशीहरू (खासगरी भारतीयहरू)को लागि सम्पर्कसूत्र नै बनेका थिए । चाक्सीबारीको रेखदेखदेखिको परिस्थितिजन्य यी फरक भूमिका उनका लागि दिनचर्याजस्तै बनेको थियो । नेपाली कांग्रेसको आह्वान, बाममोर्चाको समर्थन तथा गणेशमान सिंहको कमाण्डरसिपमा भएको २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सिंहको सम्पूर्ण शक्ति र क्षमता झल्किएको थियो । जनआन्दोलनबाट प्रजातन्त्रको पुनस्र्थापना भएपछि उनको भूमिका फेरियो । विकास निर्माणमा उनको पृथक भूमिका देखियो । ‘नो प्लानिङ इज प्लानिङ’ भन्ने नारा दिएका सिंहले २०४९ सालको स्थानीय निर्वाचनमा काठमाडौं नगरपालिकाको मेयर पदमा चुनाव लडेका थिए । २०४८ सालको आमनिर्वाचनमा काठमाडौंमा बामपन्थीले कब्जा जमाएपछि सर्वमान्य नेता गणेशमान सिंहले स्थानीय निर्वाचनमा ‘भोर जुवा’ भनेर मेयर पदमा पीएल सिंहको नाम प्रस्ताव गर्नुभएको थियो र त्यसमा सिंहले अत्यधिक मतले विजय प्राप्त गरेपछि काठमाडौं नगरपालिका सिंहकै अवधारणामा महानगरपालिका बन्यो र उनी पहिलो मेयर बनेका थिए ।
‘नो प्लानिङ इज प्लानिङ’ भन्ने नारा दिएका सिंहले २०४९ सालको स्थानीय निर्वाचनमा काठमाडौं नगरपालिकाको मेयर पदमा चुनाव लडेका थिए । २०४८ सालको आमनिर्वाचनमा काठमाडौंमा बामपन्थीले कब्जा जमाएपछि सर्वमान्य नेता गणेशमान सिंहले स्थानीय निर्वाचनमा ‘भोर जुवा’ भनेर मेयर पदमा पीएल सिंहको नाम प्रस्ताव गर्नुभएको थियो र त्यसमा सिंहले अत्यधिक मतले विजय प्राप्त गरेपछि काठमाडौं नगरपालिका सिंहकै अवधारणामा महानगरपालिका बन्यो र उनी पहिलो मेयर बनेका थिए ।
उनकै अवधारणाअनुसार काठमाडौं महानगरपालिकाको वर्तमान संरचना स्वायत्त बनेको थियो । प्रहरी प्रशासन आफ्नै बनाइएको थियो, खोला किनारामा लिंक रोडहरू र ल्यान्ड पुलिङ आयोजनाहरू सञ्चालन भएका थिए । अहिलेको काठमाडौं फेरिएको स्वरूप र आफ्नै सुरक्षा व्यवस्था उनकै योगदान हो भन्दा फरक नपर्ला । त्यति मात्र नभएर आफ्नै आम्दानीका स्रोतहरू सुनिश्चित गरेर आफ्नै सञ्चयसम्मको उनले व्यवस्था गरेका थिए र आफ्नो मौलिक योजनामा दातृ निकायहरूको सहयोग जुटाएर विकास निर्माणलाई गति दिलाएका थिए । अहिलेसम्म त्यसैको निरन्तरता भइरहेको छ । उनीपछि मात्र महानगरका नीति बदलिएका छन् । तर सुशासनका नाममा कुशासन थपिएका होलान् । त्यसबाहेक केही बदलिएको छैन । उनले मेयर हुँदा एक कार्यक्रममा भनेका थिए ः ‘आई एम किङ अफ स्वीपर’ (अर्थात् म सफाइ गर्नेहरूको राजा हुँ) । अंग्रेजीमा एउटा भनाइ छ, सिंहकै सन्दर्भमा ‘द किङ अफ स्वीपर इज डेथ, लङ लिभ किङ’ भन्नु अत्युक्ति नहोला ।
जीवनको उत्तरार्धमा उनको जीवनभर लागेको ‘अस्थिर’ भन्ने आरोपको एकैपटक व्यवहारले खण्डन गरेर सबैलाई चकित बनाए । २०५९ साल असोज १९ गते मध्यरातमा तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवा नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि सबैले आफ्नो बोली फेर्दै अडानमा बस्न सकेनन् । तर, उनी आफ्नो अडानमा अविचलित रहिरहे त्यो पनि अन्तिमसम्म ।
मेयरको कार्यकाल सकिएपछि उनले दोहो¥याउने चाहना राखे पनि पार्टीभित्रका केही व्यक्तिलाई उनको चाहना मन परेन । त्यसपछि उनले चुनावको मिति घोषणा नहुँदैदेखि प्रथम महिला नेतृ मंगलादेवी सिंहलाई बामपन्थी नेता पद्मरत्न तुलाधरले २०४८ सालमा पराजित गरेको क्षेत्रमा चुनावी क्याम्पेन समेत गरेका थिए । त्यही क्षेत्रमा चुनावको टिकट लिएर उनले एकैसाथ पद्मरत्न तुलाधर, पञ्चायतका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ र एमालेका डा. भरत प्रधानलाई पराजित गरेर आफ्नो शक्ति देखाएका थिए । विसं २०५६ को निर्वाचनमा त्यसरी चुनाव जितेका सिंह २०५९ मा राजाले सरकार अपदस्थ गर्दा देउवा सरकारका जनसंख्या तथा वातावरण मन्त्री रहेका थिए ।
मेयरको कार्यकाल सकिएपछि उनले दोहो¥याउने चाहना राखे पनि पार्टीभित्रका केही व्यक्तिलाई उनको चाहना मन परेन । त्यसपछि उनले चुनावको मिति घोषणा नहुँदैदेखि प्रथम महिला नेतृ मंगलादेवी सिंहलाई बामपन्थी नेता पद्मरत्न तुलाधरले २०४८ सालमा पराजित गरेको क्षेत्रमा चुनावी क्याम्पेन समेत गरेका थिए । त्यही क्षेत्रमा चुनावको टिकट लिएर उनले एकैसाथ पद्मरत्न तुलाधर, पञ्चायतका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ र एमालेका डा. भरत प्रधानलाई पराजित गरेर आफ्नो शक्ति देखाएका थिए । विसं २०५६ को निर्वाचनमा त्यसरी चुनाव जितेका सिंह २०५९ मा राजाले सरकार अपदस्थ गर्दा देउवा सरकारका जनसंख्या तथा वातावरण मन्त्री रहेका थिए ।
त्यो घटनालाई उनले रक्तपातविहीन शाही ‘कू’को संज्ञा दिएका थिए । अपस्थ देउवा सरकार पुनस्र्थापनाको मागमा उनी सदैव अडिग रहे । त्यसपछि २०६२–६३ मा दोस्रो जनाआन्दोलन भयो र राजालाई झुक्न बाध्य बनाएर विघटित संसद् पुनस्र्थापाना गरियो । तर, अपदस्थ सरकार पुनस्र्थापित गरिएन । उनी त्यही मागमा अडिग रहे । तर, सबैले पुनस्र्थापित संसद्मा दोहो¥याएर शपथग्रहण गरे । उनले शपथग्रहण गरेनन् । प्रजातन्त्रको मूल मुद्दामा पार्टी नेतृत्वसँग त्यहीँबाट गम्भीर मतभेद सुरु भयो र उनी एक्लो वृहस्पति बनिरहे । २०५९ असोज १९ गतेपछि उनले कुनै सरकारी सभा, समारोह सेवा सुविधा र सम्मान ग्रहण गरेनन् । पुनस्र्थापित संसद् नै बहिस्कार गरिदिए । उनी राजनीतिमा अस्थिर पात्रको परिचय लिएर आए । तर, जाँदा अडिग पात्रको परिचय छाडेर गए । सदाका लागि बिदा भएका पीएल दाइलाई भावपूर्ण श्रद्धाञ्जलिसहित सलाम !