काठमाडौं, असार ३०
सेयर बजार परिसूचक सामान्य अंकले उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन बजार परिसूचक दुुई दशमलव १२ अंकले उकालो लागेर १३ सय ४२ दशमलव ४० अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८१ अंकले उकालो लागेर दुई सय ८२ दशमलव २३ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८४ कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार १५ हजार चार सय ९१ वटा कारोबारमा ३७ लाख ३३ हजार पाँच सय पाँच कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब आठ करोड ८७ लाख १६ हजार एक सय १८ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये आठवटा समूहको सूचक उकालो लागेका छन् भने चारवटा समूहको सूचक ओरालो लागेका छन् । सोही आधारमा यसदिन वाणिज्य बैैक समूहको कारोबार सूचक एक दशमलव १९ अंकले उकालो लागेर ११ सय २४ दशमलव ५३ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक तीन दशमलव आठ अंकले उकालो लागेर १७ सय छ दशमलव २० अंकमा चढेको छ । जलविद्युत् समूहको कारोबार सूचक पनि एक दशमलव ६७ अंकले उकालो लागेर नौ सय ५८ दशमलव ३४ अंकमा चढेकोमा निर्जीवन बीमा समूहको सूचक पनि यसदिन चार दशमलव ५७ अंकले उकालो लागेर छ हजार दुुई सय ४२ दशमलव ४८ अंकमा चढेको छ । लघुुवित्त समूहको सूचक पनि ५१ दशमलव ३६ अंकले उकालो लागेर दुुई हजार तीन सय ८३ दशमलव ८४ अंकमा चढेको छ ।
यसबाहेक उत्पादनमूलक र सामुुहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १४ दशमलव तीन र शून्य दशमलव दुुई अंकले उकालो लागेका छन् । होटल समूहको सूचक भने यसदिन १६ दशमलव पाँच अंकले ओरालो लागेर १४ सय ५७ दशमलव ८७ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ५४ दशमलव ४५ अंकले ओरालो लागेर आठ हजार एक सय ५० दशमलव १७ अंकमा झरेको छ । यीबाहेक फाइनान्स र अन्य समूहको सूचक पनि क्रमशः तीन दशमलव ९७ र तीन दशमलव नौ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल सेवा लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० रुपैयाँले बढेर छ सय ८२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि १० रुपैयाँले बढेर चार सय ४० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नाडेप लघुुवित्त वित्तीय संस्था, राधी जलविद्युत् कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको ओरेन्ट होटल समूहको सेयर मूल्य छ रुपैयाँ १३ पैसाले घटेर तीन सय छ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच रुपैयाँ ४५ पैसाले घटेर ५२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सिन्धु विकास बैंक, मञ्जुुश्री फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन प्रभुु बैंकको संस्थापक सेयरतर्फ सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता एक सय ३० रुपैयाँ अन्तिम मूल्यमा १० करोड ७२ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुुर्नबीमा कम्पनीको प्रतिकित्ता पाँच सय आठ रुपैयाँ अन्तिम मूल्यमा १० करोड २८ लाख १२ हजार तीन सय ४९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।