काठमाडौं, असार ३० एनएलजी इन्स्योरेन्स कम्पनी र आरबीबी मर्चेन्ट बैंकिङबीच सम्झौता भएको छ । कम्पनीका अनुसार सेयर रजिष्टर्डसम्बन्धी सम्पूर्ण काम गर्नको लागि आरबीबीलाई कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो । हाल चुक्ता पुँजी ६४ करोड चार लाख छ हजार रुपैयाँ रहेको एनएलजीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड ७३ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १५ करोड ३४ लाख २९ हजार रुपैयाँ रहेको थियो ।