काठमाडौं । ब्रिटिश काउन्सिलले नेपालमा अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आईएलटीएस) उपहार सिजन २.० का विजेताहरू घोषणा गरेको छ ।
सन् २०२३ मा आयोजित आईएलटीएस उपहारको सफलताको आधारमा ब्रिटिस काउन्सिलले आईएलटीएस उपहार सिजन २.० दोस्रो संस्करण आयोजना गरेको थियो । ब्रिटिस काउन्सिलले आईएलटीएस परीक्षा दिनेहरूलाई ठूलो र आकर्षक पुरस्कारहरू प्रदान गरेको छ ।
सेप्टेम्बर २६ देखि नोभेम्बर ३० बीचको कुनै पनि आईएलटिस परीक्षा दिने र अक्टोबर २०२४ पछि कम्प्युटर परीक्षण मितिहरूमा आईएलटीएसको लागि दर्ता गरी भुक्तानी पूरा गर्ने प्रशिक्षार्थीरू यस वर्षको प्रस्तावको लागि योग्य भएका थिए ।
ब्रिटिस काउन्सिल फेसबुक च्यानलमार्फत लक्की ड्र प्रक्रियाअन्तर्गत कुल पाँच विजेताहरूको चयन गरिएको थियो । यस वर्ष दुई मासिक पुरस्कार विजेता र तीन बम्पर पुरस्कार विजेताहरू चयन गरिएको थियो । सेप्टेम्बर र अक्टोबरमा दर्ता भएका दुई मासिक विजेताहरूले एप्पल म्याकबुक एर प्राप्त गरेका छन् ।
दुई भाग्यशाली विजेताले टर्किस एयरलाइन्स प्रायोजित युके र अमेरिकाको एकतर्फी टिकट जितेका छन् भने तेस्रो विजेताले ब्रिटिस काउन्सिलद्वारा प्रायोजित अस्ट्रेलियाको एकतर्फी टिकट जितेका छन् । एप्पल म्याकबुक एर विजेताहरू मिनर्भा चुनी ओङ्मु कार्की र केशव थापा रहेका छन् ।
यस्तै युके र अमेरिकाका लागि एकतर्फी टर्किस एयरलाइन्स टिकट कनिस्का पौडेल र प्रणय शाक्यले जिते भने अस्ट्रेलियाको एकतर्फी टिकट विजेता अनमोल खड्का बने । अभियान अवधिमा सबैभन्दा धेरै दर्ता गर्न योगदान दिने तीन शीर्ष आईएलटीएस साझेदारहरूलाई पनि सम्मान गरिएको थियो ।