काठमाडौं । ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्री इभी ओमोडा फाइभले विश्वव्यापी सुरक्षा मापदण्डहरूमा उत्कृष्ट प्रदर्शन गर्दै युरो एनक्याप र एनक्याप दुवैबाट फाइभ–स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ ।
यसअघिको ग्लोबल मोडल ओमोडा फाइभले पनि युरो एनक्याप, एनक्याप, र ए.एस.इ.ए.एन. एनक्यापजस्ता प्रमुख सेफ्टि संस्थाहरूबाट फाइभ–स्टार रेटिङ प्राप्त गरेको थियो । सुरक्षाको त्यही श्रेणीलाई निरन्तरता दिँदै, ओमोडा इफाइभको बीइभी संस्करणले अन्य परीक्षणको साथ ‘फ्रन्टल अफसेट’ र ‘ओब्लिक पोल टेस्ट’ आदि थप दुर्घटनाका परीक्षणहरू पार गरेको हो । यसले युरो एनक्यापमा सेफ्टि असिस्ट सिस्टम (सुरक्षा सहायता प्रणाली)को लागि ८८ प्रतिशत अंकका साथ एडल्ट अकुपेन्ट प्रोटेक्सन (वयस्क यात्रु सुरक्षा) र चाइल्ड अकुपेन्ट प्रोटेक्सन (बाल यात्रु सुरक्षा)को लागि ८७ प्रतिशत अङ्क प्राप्त गरेको कम्पनीले जनाएको छ । त्यसैगरी एनक्याप परीक्षणमा ओमोडा इफाइभले एडल्ट अकुपेन्ट प्रोटेक्सनको लागि ८७ प्रतिशत, चाइल्ड अकुपेन्ट प्रोटेक्सनको लागि ८८ प्रतिशत र सुरक्षा सहायताका लागि ८३ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
ओमोडा इफाइभमा ७८ प्रतिशत रेसियोको ‘हाइ–स्ट्रेन्थ स्टिल बडी’ रहेको छ, यस कारण अत्याधुनिक र अधिकतम सुरक्षा क्षमता सम्भव हुन्छ । गाडीको अगाडिको भागमा ‘अल्ट्रा–हाइ स्ट्रेन्थ स्टिल’ र साइड पिलरमा ‘रिइन्फोस्र्ड स्टिल’ समावेश गरिएको छ । यी सुविधाहरूले गाडी दुर्घटना हुँदा स्टेबलिटी (स्थिरता) सुनिश्चित गर्दछ र अगाडिको भागमा गाडी ठोक्किँदा ‘क्याबिनमा पर्ने असर (डिफर्मेसन) कम गर्दछ । ‘स्टेबल चाइल्ड सिट इन्टरफेस’ र अप्टिमाइज्ड एयरब्याग सुरक्षाले गर्दा ओमोडा इफाइभ बाल यात्रुको सुरक्षामा पनि उत्कृष्ट रहेको छ । ओमोडा इफाइभमा अत्याधुनिक सक्रिय सुरक्षा प्रविधिहरू पनि रहेको छ । यसको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रणालीले अन्य सडक यात्रुबाट हुने सम्भावित जोखिमबाट बचाउँदछ । इफाइभको फराकिलो स्पिड रेन्ज, र छिटो रेस्पोन्स–टाइमले गर्दा कोलिजन रिस्क (दुर्घटनाका जोखिम) न्यूनीकरण गर्दछ ।
उत्कृष्ट सुरक्षाका अलावा, ओमोडा इफाइभमा ४३० किमिको डब्लूएलटीपी रेन्ज, २८ मिनेटभित्रै ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुने फास्ट रिचार्जिङ सुविधा र शान्त ड्राइभिङ अनुभवका लागि मात्र ६२.९ डेसिबलको नोइज–लेभल(१२० किमि प्रतिघण्टाको स्पिडमा) रहेका छन् । यी विशेषताहरूले गर्दा ओमोडा इफाइभ विद्युतीय रेन्ज र इफिसियन्सी दुवैको लागि उत्कृष्ट रोजाईको इभि रहेको छ । ओमोडा इफाइभको यो सफलताले विश्वव्यापी शीर्ष नेता तथा व्यक्तित्वहरूको पनि समर्थन प्राप्त गरेको छ । विभिन्न देशका सरकारहरूले ओमोडाको ‘न्यु इनर्जि स्ट्राटेजी’लाई बलियो समर्थन देखाएका छन् भने इन्डोनेसिया, मलेसिया र टर्कीका विभिन्न अधिकारीहरूले ओमोडाको नयाँ ऊर्जा प्रविधि र डिजाइनको प्रशंसा गरेका छन् । डबल फाइभ–स्टार सेफ्टी रेटिङ र अत्याधुनिक प्रविधिको साथ, ओमोडा इफाइभले इलेक्ट्रिक गाडीको बजारमा ‘सुरक्षा र पर्फमेन्स’को लागि नयाँ उचाइ हासिल गरेको छ ।