काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश वितरण गर्नै घोषणा गरेको छ । बैंक सञ्चालक समितिको यही पुस एक गते सोमबार बसेको सञ्चालक समितिको छ सय १०औँ बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफा रकमबाट २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पुँजी चार अर्ब १७ करोड १३ लाख १८ हजार छ सयको सात प्रतिशतका दरले हुन आउने २९ करोड १९ लाख ९२ हजार तीन सय दुई रुपैयाँ बराबर लाभांश घोषणा गरेको हो ।
बैंकका अनुसार चुक्ता पुँजीको तीन प्रतिशतले हुन आउने १२ करोड ५१ लाख ३९ हजार पाँच सय ५८ रुपैयाँ बोनस सेयर दिइने छ । यो लाभांशमा लाग्ने कर प्रयोजनार्थसहित हो । त्यसैगरी चुक्ता पुँजीको चार प्रतिशतका दरले हुन आउने १६ करोड ६८ लाख ५२ हजार सात सय ४४ रुपैयाँ नगद लाभांश दिइने बैंकले जानकारी दिएको छ ।