काठमाडौं । एनएमबी बैैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले तीन अर्ब रुपैयाँ बराबरको ‘एनएमबी आठ दशमलव २५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने भएको हो । बैंक सञ्चालक समितिको २८ मंसिरमा चार सय ७९औँ बैठकले आर्थिक वर्ष २०८०/८१ को २९ औं वार्षिक साधारणसभा २५ पुसमा गर्ने र प्रतिकित्ता एक सयका दरले तीन अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो । यो सेयर जारी भएपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख पाँच हजार नौ सयबाट २१ अर्ब ३६ करोड ६७ लाख पाँच हजार नौ सय रुपैयाँ पुग्ने बैंकले जनाएको छ । त्यसैगरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भएपछि बैंकको अधिकृत पुँजी २० अर्बबाट २५ अर्ब पुग्नेछ ।