नयाँ दिल्ली, असार ३० भारतमा पहिलो पटक कार्पेट एक्सपो विद्युतीय माध्यमबाट सञ्चालन गरिने भएको छ । कार्पेट निर्यात प्रवर्द्धन परिषद्ले आयोजना गरेको ४० औँ एक्सपोको विद्युतीय माध्यमबाट सञ्चालन गर्ने तयारी भएको हो । एक्सपो आगामी अगस्ट २१ देखि २५ तारिखसम्म योजना गर्ने तयारी भएको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसको संक्रमण थप फैलिने डरले विद्युतीय माध्यमबाट एक्सपो सञ्चालन गर्ने निर्णय भएको उनीहरुको भनाइ छ । यस एक्सपोलाई भारतका कार्पेट निर्यातकर्ताहरुले एकैचोटी अन्तर्राष्ट्रिय बजारमा आफ्ना उत्पादनहरुको प्रवद्र्धन गर्ने मौकाका रुपमा लिइन्छ । उनीहरुले आफ्ना उत्पादनका बारेमा क्रेताहरुलाई बुझाउन पाउनेछन् भने कतिपय एजेण्डाहरुका बारेमा पनि छलफल गर्नेछन, परिषद्द्वारा जारी वक्तव्यमा लेखिएको छ ।