काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । उनले नयाँसडक, इन्द्रचोक, जनवहाल, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको बिहीबार निरीक्षण गरेपछि त्यस्तो निर्देशन दिएका हुन् ।
चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिदै मन्त्री यादवले गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको र पानी चुहिएका स्थानमा यथाशीघ्र मर्मतसम्भार गर्न निर्देशन दिए । उनका साथमा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका वरिष्ठ अधिकारी थिए ।