काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसनले बागलुङका दुई वटा ग्रामीण विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइका लागि कम्प्युटर, स्मार्ट बोर्ड र इन्टरनेट सेवा जडान गरेको छ । बागलुङको जनप्रिय आधारभूत विद्यालय र भीमादरबार आधारभूत विद्यालयमा फाउन्डेसनले डिजिटल साक्षरता विकास गर्न र विद्यार्थीहरूलाई थप शैक्षिक अवसरहरू सिर्जना गर्न उक्त पूर्वाधारहरू जडान गरेको हो ।
कार्यक्रममा नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले प्रविधिमार्फत शैक्षिक समानताका लागि संस्थाले सहयोग गरेको बताए । फाउन्डेसनले केही समय अगाडि गरेको एक अध्ययनमा ग्रामीण विद्यालयहरूमा आईसीटी पूर्वाधारको ठूलो आवश्यकता रहेको पाइएको थियो ।