काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने अभिप्रायले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ, जुन भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो ।
यस कार्डलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेल समाप्तिपछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत, श्री सुन्दरप्रसाद कडेलद्वारा सार्वजनिक गरिएको छ । यो कार्ड प्रयोग गर्ने ग्राहकहरूले पाउने सुविधाहरू निम्नानुसार रहेका छन् । प्लाटिनम क्रेडिट कार्ड लिने ग्राहकहरूले वार्षिक दुईपटकसम्म एयरपोर्टमा निःशुल्क प्रवेश प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले यस कार्डको प्रयोग गरी चार सय ५० भन्दा बढी ग्रुप मर्चेन्टहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । यो कार्ड बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिनेछ र उक्त कार्ड प्रयोग गर्ने ग्राहकले बैंकिङ सेवामा प्राथमिकता पाउनेछन् । प्लाटिनम क्रेडिट कार्ड नेपाल, भुटान र भारतमा प्रयोग गर्न सकिनेछ । उक्त कार्डका लागि सुरुवाती तीन महिनाभित्र आवेदन दिने ग्राहकहरूलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको छ ।
प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरूलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ । यस कार्ड र यसका सुविधाबारे विस्तृत जानकारी पाउनको लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न माध्यमहरूमार्फत सम्पर्क गर्न सक्नेछन् । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।