काठमाडौं । होन्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनी प्रालिले होन्डा एनएक्स २०० टेस्ट राइड कार्यक्रम आयोजना गरेको छ । ‘फ्रम सिटी लाइट्स टु माउनटेन हाइट्स, राइड इट अल’ भन्ने मुख्य नारामा आधारित यो कार्यक्रममा सहरको बाटो र पहाडी ट्रेलहरूमा बाइकको बहुप्रयोजन र प्रदर्शन अनुभव गराइएको थियो ।
टेस्ट राइड होन्डाको एकान्तकुना सर्भिस सेन्टरबाट सुरु भई नख्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हत्तिवनको जंगल पार गर्दै हात्तीवन हिमालयन हाइट रिसोर्टमा पुगेर टुङ्गिएको कम्पनीले जनाएको छ । यस कार्यक्रमले एनएक्स २०० बाइकको ‘एडभेन्चर–क्रसओभर स्टाइलिङ’ र बहुप्रयोजन क्षमता प्रस्तुत गरेको छ । बाइकमा रहेको यूएसडी (अपसाइड डाउन) गोलडेन फ्रन्ट सस्पेन्सनले अप्ठ्यारा बाटोहरू सहजै पार गर्न सक्षम बनाउनाले एनएक्स २०० बाइकले अफरोड यात्राका लागि विशेषगरी नेपालको युवा पुस्तामाझ लोकप्रियता कमाएको छ । यसमा रहेको स्लिपर क्लचले गियर परिवर्तन सहज बनाउँछ भने सिंगल च्यानल एबीएसले ब्रेक लगाउँदा सुरक्षा र नियन्त्रण बढाउँछ । २०२४ मार्चमा सार्वजनिक गरिएको यो बाइकले माथि उठेको ह्यान्डलबार र अपराइट बसाइको सुविधासहित लामो यात्राका लागि आरामदायी राइड प्रदान गर्ने जनाइएको छ ।