काठमाडौं । एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्ने भएका छन् । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले ब्यालेन्स नभएको बेलामा एक दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको छ ।
यो सापटी सेवाअन्तर्गत आफ्नो मेन ब्यालेन्स पाँच रुपैयाँभन्दा कम भएका प्रिपेड ग्राहकहरूले एक दिन अर्थात् २४ घन्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन् । कम्पनीले यो सुविधा पुष १ गतेबाट दिन थालेको हो । समयसीमा एक दिन रहेको अनलिमिटेड डेटाको शुल्क करसहित ५० रुपैयाँ रहेको छ । ग्राहकले यो डेटा सापटी लिएपछि २४ घन्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको भरपुर फाइदा उठाउन सक्छन् । यो एक दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले ८९९८८८४३ डायल लिन सक्छन् । सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिन्छ ।
करसहितको सेवा शुल्क दुई दशमलव ४८ रुपैयाँ र एक दिने अनलिमिटेड डेटाको ५० रुपैयाँ गरी ब्यालेन्स रिचार्ज गर्दा कुल ५२ दशमलव ४८ रुपैयाँ काटिने कम्पनीले जनाएको छ । सिम लिएर सेवा लिन थालेको कम्तीमा ३० दिन भएका ग्राहकहरूले यो डेटा सापटी लिन सक्छन् । एनसेलले यो अनलिमिटेड डेटाबाहेक ४० रुपैयाँ ब्यालेन्स सापटी, तीन दिने एक जीबी डेटा सापटी, तीन दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधा प्रदान गर्दै आएको छ ।