काठमाडौं । सिएफ मोटो नेपालले काठमाडौंमा हालै सात जिल्लाका मेकानिक्सलाई एक विशेष तालिम प्रदान गरेको छ । चीनस्थित सिएफ मोटो हेडक्वार्टरको ट्रेनिङ विभागका टिमले काठमाडौंको लिसरा रिसेप्सनमा तालिम दिएका हुन् ।
तालिममा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, हेटौँडा, बुटवल र पोखराका टेक्निसियन सहभागी भएका थिए । तालिम सिएफ मोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आयोजना गरेको हो । सिएफ मोटोका फोर ह्विलर र टु ह्विलर प्रोडक्टको मर्मत सम्भारसम्ग सम्बन्धित तालिम प्रदान गरिएको आयोजकले जनाइको छ । कम्पनीका महाप्रबन्धक उज्वल जोशीका अनुसार सिएफ मोटोको उत्पादनलाई ऋषि ट्रेड सेन्टरले बिक्री गर्न थालेपछि बिक्रीपछिको सेवामा ध्यान केन्द्रित हुँदै गएको छ । ‘सिएफ मोटोका उत्पादन नेपाली बजारमा पहिल्यैदेखि बिक्री हुँदै आएको हो । यो ब्रान्डलाई प्रयोग गर्ने केही ग्राहकले सर्भिस र स्पेयर पार्ट्स नपाएको गुनासो गर्न थालेपछि हामीले यसको उचित समाधान दिन पहल गर्दै आएका छौ’, उनले भने, ‘सर्भिसिङलाई सहज बनाउन स्थानीयस्तरमा वर्कसप सञ्चालन गर्दै आएका मेकानिक्सलाई समेत दक्ष बनाउनुपर्छ भन्ने बुझेर हामीले यो तालिम सञ्चालन गरेका हौँ’, उनले भने ।
ऋषि ट्रेड सेन्टरले सिएफ मोटो र जिहो ब्रान्डको डिलरसिप लिएपछि सबैभन्दा बढी जोड बिक्रीपछिको सेवामा केन्द्रित गर्दै लगेकोे जनाएको छ । ‘हाम्रो सबैभन्दा बढी जोड सर्भिस र स्पेयर पार्ट्समा नै छ’, महाप्रबन्धक जोशीले भने, ‘कम्पनीको प्रोडक्ट प्रयोग गर्ने कोही पनि ग्राहकले सर्भिस र स्पेयर पार्ट्स नपाएर हैरानी खेप्नु नपरोस भन्नेमा हामी सचेत छौँ ।’ सोही अनुरूप पछिल्लो समय सोरूमको विस्तारसँगै स्थानीयस्तरमा वर्कसप सञ्चालन गर्ने टेक्निसियनलाई समेत तलिम दिन थालेको उनले बताए ।